Hi Guest, Login

Home | My Account | Webmail | Contact Us




About Us
Home About Us News & Updates

News & Updates


नेपालीमा!
Posted on Friday, 02 May 2008 02:37 AM Back to all news

नव वर्ष २०६५को आगमन सगैँ हिमाल टेक्नोलोजिजले नयाँ नेपाल निर्माणको अवधारणालाई ध्यानमा राखेर नेपालको इतिहासमै पहिलो पटक कुनैपनि ईन्टरनेट सेवा प्रदायक कम्पनीको वेबसाईट नेपालीमा प्रस्तुत गर्ने आँट गरेको छ । भ्याएसम्म र सम्भव भएसम्म सबैभन्दा नयाँ पेजहरुलाई हामीले सुरुवारको समयमा नेपालीमा रुपान्तरण गरेका छौँ । आम नेपालीभाषीलाई पढ्न सरल होस र धेरैभन्दा धेरै जनताको माझ स्थापित हुन सकियोस भन्ने चाहनाले सुरु गर्न लागिएको नेपाली पृष्ठहरु हाम्रा प्रयोगकर्तामाझ हाम्रा सेवाहरु जत्तिकै लोकप्रिय हुन्छन् भन्ने विश्वास हामीले लिएका छौँ ।

अहिले सुरुमा हामीले दुइवटा पृष्ठलाई हामीले नेपालीमा प्रस्तुत गरेका छौँ । भर्खरै सुरु गरिएका क्यासपर्सकी एन्टीभाइरस वितरण सेवा र आई-टक सफ्टफोनका पृष्ठहरु बाहेक निकट भविष्यमै लगभग सम्पुर्ण साईटकै नेपाली संस्करण तयार गरिने व्यहोरा पनि जानकारी गराउदछौँ ।

नेपाली पृष्ठहरु पढ्न तपाँईको कम्प्युटरमा नेपाली लिप(ल्याङवेज इन्टरफेस प्याक) स्थापित भएको हुनुपर्दछ । नेपाली लिपलाई हाम्रो डाउनलोड मिररबाट डाउनलोड गरेर तुरुन्त चलाउन सकिन्छ । तर लिप चलाउन तपाँईको कम्प्युटर कमसेकम विन्डोज एक्सपीमा चलिरहेको हुनुपर्दछ र कहिलेकाहीँ मोजिला फायरफक्सले नेपाली हिज्जेलाई पुर्णरुपमा शुध्द नदेखाउन पनि सक्छ । हिज्जेमा समस्या देखापर्यो भने माइक्रोसफ्ट ईन्टरनेट एक्सप्लोररमा साईट खोलेर प्रयतन गर्नुहोला ।

नेपाली लिप डाउनलोड गर्न यहाँ थिच्नुहोस


Bookmark this news item
Save to del.icio.us Digg this! Add to Google
Reddit Fave to Technorati Add to My Yahoo!


Click here for Older News Archive






HimalTech Webmail